ग्लोबल आइएमई बैंक देशकै ठूलो बन्दै, चुक्तापुँजी १९ अर्ब

काठमाडौं । ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आव २०७५÷७६ मा आफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

ग्लोबल आइएमई बैंकले गत अवमा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ । साधारण सभाले जनता बैंक नेपाललाई ग्लोबल आइएमई बैंकमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आइएमई बैंकको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ ।

साधारण सभाले बैंकको अधिकृत पुँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ । साधारण सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार शुरुगर्ने योजना रहेको बताउनुभयो ।

मर्जरपछि ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै, उहाँले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमति गरेका थिए भने कार्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ ।

मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्बभन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारी रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने छन् ।

अरु पनि पढ्नुहॊस

नेप्सेमा १० अंकको गिरावट, कारोबार पनि न्यून

२०७६ मंसिर ३, मंगलवार १३:०४
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो साताभरी नै गिरावट भएको नेप्से आइतबार १०.५४ अंकले घटेसँगै परिसूचक १११०.०८ बिन्दुमा झरेको छ । काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो साताभरी नै गिरावट भएको » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस