नेप्सेमा १० अंकको गिरावट, कारोबार पनि न्यून

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो साताभरी नै गिरावट भएको नेप्से आइतबार १०.५४ अंकले घटेसँगै परिसूचक १११०.०८ बिन्दुमा झरेको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो साताभरी नै गिरावट भएको नेप्से आइतबार १०.५४ अंकले घटेसँगै परिसूचक १११०.०८ बिन्दुमा झरेको छ ।

कुल १६२ वटा कम्पनीको ९ लाख २९ हजारभन्दा बढी कित्ता शेयर २८ करोडभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका सबै समूह घटेका छन् । आज पनि एनएमबि बैंकको कारोबार सबैभन्दा धेरै अर्थात २ करोड ११ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । ३५ प्रतिशत लाभांश दिने भएपछि यस बैंकको कारोबार उच्च हुँदै आएको छ ।
आज नेसनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज चार प्रतिशतले बढेको छ । अघिल्लो साता प्रत्येक दिन १० प्रतिशतका दरले वृद्धि हुँदै गएको साल्ट ट्रेडिङ कर्पोरेसनको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

अरु पनि पढ्नुहॊस

हिमालयन हाइड्रोपावरको आईपीओ आउने

२०७६ मंसिर ८, आईतवार १५:४२
काठमाडौं । हिमालयन हाइड्रोपावरले आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डमा कात्तिक २७ गते कम्पनीले निवेदन दिएको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा जनता क्यापिटल लिमिटेड रहेको छ ।

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस