आकर्षक लाभांश घोषणा गरेका बैंकमा लगानीकर्ताको चाप

झण्डै अढाई दशकपछि नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि शेयर बजारमा एउटा तरंग नै आएको छ । यस वर्ष नेपाल बैंकले राम्रो लाभांश दिँदै छ भन्ने सन्देश पहिलेदेखि नै बजारमा फैलिएको थियो ।

लगानीकर्ताले सोचेअनुसार नै नेपाल बैंकले लाभांश दिने निर्णय गरेको छ । त्यस्तै लगानीकर्ताले सोच्दै नसोचेको ३५ प्रतिशत लाभांश एनएमबि बैैंकले दियो । यसले त बजारमा तहल्का नै मच्चाउने काम गर्यो ।

एनएमबि बैंकले अहिले जति लाभांश घोषणा गरेको छ । त्यति लाभांश अन्य कुनै वाणिज्य बैंकले घोषणा गर्न सकेका छैनन् । बजारमा एकछत्र कायम गरेको हल्ला फैलाएका नबिल, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट बैंकलाई पछि पार्दै एनएमबि बैंकले उच्च लाभांश वितरण गर्ने प्रस्ताव गर्यो । नयाँ बैंकले पुराना बैंकलाई उछिनेर लाभांश घोषणा गरेको यो पहिलोपटक हो । यसले के देखाउँछ भने नयाँ बैंक एग्रेसिभ रुपमा अगाडि बढेका छन र पुराना बैंक सुस्ताउन थालेका छन् ।

२८ वाणिज्य बैंकमध्ये हालसम्म २३ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये केहीले वार्षिक साधारणसभा गरेर धमाधम शेयरधनीको खातामा रकम पठाइरहेका छन् । केही बैंकले भने वार्षिक साधारणसभा गर्दै छन् ।

अझै चार वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छैनन् र लाभांश घोषणा गर्ने तयारीमा रहेको छन् । कुमारी बैंक, एनआईसी एसिया, सिटिजन्स, सिद्धार्थ, सानिमा, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सनराइज, ग्लोबल आइएमइर्, जनता, मेगागायतका बैंकले वार्षिक साधारणसभा गरेर शेयरधनीलाई लाभांश वितरण गरिरहेका छन् ।

धेरै नाफा कमाउनेसहित अझै चार वटा वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकी छन् । पुस मसान्तभित्र वार्षिक साधारणसभा गरिसक्नुपर्ने भएकाले लाभांश घोषणा गर्न बाँकी वाणिज्य बैंकले पनि केही दिनभित्रै घोषणा गर्ने तयारीमा गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याए पनि नगद लाभांशसँगै बोनस शेयर दिइरहेका छन् । चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्ने बाध्यता हुँदासम्म बोनस शेयर वितरण गर्दै आएका बैंकले यसपटकदेखि नगदसँगै केही मात्रमा बोनस शेयर दिएका छन् ।

अहिलेसम्म लाभांश घोषणा गरेको २३ वाणिज्य बैंकमध्ये धेरैजसोले नगद बढी र बोनस कम वितरण गर्दै छन् । मेगा बैंक, सिभिल र स्टान्डर्ड चार्टर्डले त यसपटक नगद लाभांश मात्र वितरण गर्दैछन् ।

गत वर्षभन्दा यो वर्ष बढाएर लाभांश घोषणा गरिरहेका छन् । अधिकांश बैंकले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण लाभांश दर पनि बढाएका हुन् ।

लाभांश घोषणा गर्न बाँकी चार बैंकले पनि सञ्चालक समितिमा लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेका छन् । यसअघिका वर्षमा जस्तै यस वर्ष पनि बैंकहरूबीच लाभांश कसले बढी वितरण गर्ने भन्ने प्रतिस्पर्धा छ ।
लाभांश घोषणा गर्न बाँकी बैंकलाई लाभांश बढी वितरण गर्न दबाब सिर्जना भएको छ ।

अरु पनि पढ्नुहॊस

अनुगमनमा कैफियत देखिएपछि पेप्सीकोलाका तीन व्यवसायी फर्मलाई जरिवाना

२०७६ मंसिर ८, आईतवार १६:०५
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पेप्सीकोलाका ३ वटा व्यवसायी फर्मलाई जरिवाना गराएको छ । विभागबाट आइतबार गएको अनुगमन टोलीले ती फर्मलाई १ लाख ५ हजार जरिवाना गराएको हो । जरिवानामा २ वटा खाद्यान्न र एक वटा डिपार्टमेन्ट स्टोर परेका छन् । विभागले राधाकृष्ण सप्लायर्सलाई ५ हजार रुपैयाँ जरिवाना गराएको छ । त्यस्तै » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस