अनुगमनमा कैफियत देखिएपछि पेप्सीकोलाका तीन व्यवसायी फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पेप्सीकोलाका ३ वटा व्यवसायी फर्मलाई जरिवाना गराएको छ । विभागबाट आइतबार गएको अनुगमन टोलीले ती फर्मलाई १ लाख ५ हजार जरिवाना गराएको हो ।
जरिवानामा २ वटा खाद्यान्न र एक वटा डिपार्टमेन्ट स्टोर परेका छन् । विभागले राधाकृष्ण सप्लायर्सलाई ५ हजार रुपैयाँ जरिवाना गराएको छ । त्यस्तै एभ्रिटाइम फुड्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ र नमुना मार्ट डिपार्टमेन्ट स्टोरलाई ५० हजार रुपैयाँ जरिवाना गराएको अनुगमन अधिकृत बुद्धकुमार राईले जानकारी दिए । नमुना मार्ट डिपार्टमेन्ट स्टोरका खान अयोग्य वा म्याद सकिएका खाद्य वस्तुलाई तत्कालै नष्ट गर्न वा सम्बिन्धित कहाँ फिर्ता गर्न समेत लगाएको राईले बताए ।

अरु पनि पढ्नुहॊस

एक दर्जन स्थानीय तहमा अझै पुगेनन् बैंक

२०७६ मंसिर ८, आईतवार १६:२०
काठमाडौं । संघीय संरचनामा गएसँगै सबै स्थानीय तहमा वाणिज्य बैंकको पहुँच विस्तार गर्न शुरु भएपनि अझै १२ स्थानिय तहमा शाखा विस्तार हुन बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७६ असोजसम्म कुल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४१ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका हुन् । दुर्गम स्थानीय तहमा शाखा विस्तार गर्न » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस