महासंघमा दरिलो नेतृत्वको खाँचो छ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

उपाध्यक्ष ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकाले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

काठमाडौंमा सोमबार आयोजित आफ्नै समूहका पदाधिकारीसहितका उम्मेदवारसँगको अन्तक्र्रियामा ढकालले भने, ‘कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं । अझै कस्तो जटिलता सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन । त्यसैले देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाइराख्न र संरक्षण प्रदान गर्न बलियो काँध चाहिएको छ ।’

नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगे महासंघको गौरवपूर्ण इतिहास र ओज कायमै रहने उनको बुझाइ छ । उपाध्यक्ष ढकालले भने, ‘महासंघको नेतृत्वमा पुग्ने सशक्त व्यावसायिक नेटवर्कसहितको  सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्नेछ ।’

ढकालले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकाले महासंघको आगामी  कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए ।

कोरोनाका कारण सिर्जित आर्थिक चुनौती सामना गर्ने व्यक्तिगत पहल मात्रै पर्याप्त नहुने भएकाले महासंघको नेतृत्वमा सही र सक्षम व्यक्ति चयन गर्ने उपयुक्त अवसर आएको ढकालको तर्क छ ।

देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी एवं नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिइङ गर्ने नेतृत्व चाहिएको उनको भनाइ छ ।

अरु पनि पढ्नुहॊस

आइस्पानको अध्यक्षमा पराजुली

२०७७ कार्तिक २०, बिहीबार ०८:१३
काठमाडौं। इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) को अध्यक्षमा सुबिसुका अध्यक्ष सुधिर पराजुली निर्विरोध चयन हुनु भएको छ । आइस्पानको उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल तथा महासचिवमा एरो नेटका नबिन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बस्तोला, कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन् । यस्तै, मर्कन्टाइलका मधु अमात्य र वेभ सर्फरका सुरेन क्षेत्री सदस्य » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस