बढ्यो वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्ममा १ दर्जनभन्दा बढी वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ओटा बैंकको गत आवको पुसको तुलनामा चालू आवको दोस्रो त्रैमासमा निष्क्रिय कर्जा (नन परफर्मिङ लोन) बढेको हो । बाँकी १२ ओटा वाणिज्य बैंकको यस्तो कर्जा नियन्त्रणमा आएको छ भने सेन्चुरी कमर्शियल बैंकको एनपीएल गतवर्षको जति नै छ । चालू आवको पहिलो त्रैमासमा भने १८ बैंकको एनपीएल बढेको थियो ।

चालू आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । यो बैंकको एनपीएल उच्च देखिए पनि दोस्रो त्रैमासमा झीनो सुधार भएको छ । सो बैंकको गत आवको दोस्रो त्रैमासमा ४ दशमलव ७७ प्रतिशतमा रहेको एनपीएलमा शून्य दशमलव ५४ प्रतिशत विन्दुले सुधार भए पनि गत पुसमा ४ दशमलव २३ प्रतिशत पुगेको छ ।
आर्थिक अभियानबाट

अरु पनि पढ्नुहॊस

देशकै ठूलो सबस्टेशन सञ्चालन

२०७७ माघ २०, मंगलवार ०८:२६
काठमाडौं । नेपालको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन ढल्केबर जीआईएस (स्वचालित) सबस्टेशनको औपचारिक रूपमा उद्घाटन भएको छ । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सबस्टेशनको उद्घाटन गर्नु भएको हो । सबस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबस्टेशन सञ्चालनमा आउनु विद्युत् आपूर्ति, निर्यात र औद्योगिकीकरणमा कोसेढुंगा सावित हुने बताए । यस्तै, विद्युत् तथा यससँग सम्बन्धित पूर्वाधारको विकास गरी » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस