महिलालाई एक्लै विदेश जान कडाइ

ई–पेपर
ad banner Apache RTR 200 ABS
महिलालाई एक्लै विदेश जान कडाइ
संविधानलाई तिलाञ्जली दिनेगरी महिलामाथि कडाइ गर्न खोजियो : अधिकारकर्मी
facebook sharing buttontwitter sharing buttonsharethis sharing button
२०७७ माघ, २९ समाचारNAauthor avatar अभियान संवाददाता
काठमाडौं । भिजिट भिसामा महिला एक्लै विदेश जाँदा तस्करीमा परेको निष्कर्ष निकाल्दै सरकारले यसरी विदेश जान महिलालाई कडाइ गर्न खोजेको छ । तर, यसको व्यापक विरोध भएको छ । महिलाअधिकारकर्मीले यस्तो व्यवस्था संविधानविरोधी भएको आरोप लगाएका छन् भने सामाजिक सञ्जालमा पनि यसको आलोचना गरिएको छ ।

अध्यागमन विभागका अनुसार महिला एक्लै विदेश जाँदा मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधि उपचार नपाएर बिजोग भएको अवस्थालाई दृष्टिगत गरेर कार्यविधि संशोधनको प्रस्ताव गृहमा पठाइएको हो ।

मानवअधिकारकर्मी मोहोना अन्सारीले सरकारले ल्याउन लागेको उक्त नीति संविधानविपरीत रहेको बताइन् । ‘सरकारले कडाइका नाममा कहिले अंग्रेजी बोल्न जान्ने, कहिले खातामा यति रकम हुनैपर्ने जस्ता नीति लिइरहेको थियो, फेरि वडा र परिवारको सिफारिश भनेर नीति ल्याउन थालेको छ, यो संविधानलाई तिलाञ्जलि दिनेबाहेक केही होइन,’ उनले भनिन् ।
आर्थिक अभियानबाट

अरु पनि पढ्नुहॊस

प्रभु मनी ट्रान्सफरमाथि राष्ट्र बैंकको डण्डा, साढे दुई अर्ब रेमिट्यान्स गायब

२०७७ माघ २९, बिहीबार ०८:३२
विदेशमा संकलित रेमिट्यान्स नेपाल नल्याएर उतै राखेको भन्दै राष्ट्र बैंकले प्रभु मनी ट्रान्सफरलाई कारबाही गरेको छ । आफैं सहायक कम्पनीलाई कर्जा दिएको विषयमा प्रभु बैंकमाथि अनुसन्धान जारी राखेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक सञ्चालक समिति बैठकले बुधबार प्रभु मनी ट्रान्सफरलाई कारबाही गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/७५ देखि रेमिट्यान्सबापत संकलित करिब सवा २ अर्ब » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस