३५ प्रतिशत किसानले उखु रोप्न छोडे

काठमाडौं । चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा बढी किसानले उखुखेती गर्न छाडेका छन् ।

नेपाल उखु उत्पादक संघका अनुसार नेपालमा अघिल्लो वर्ष व्यावसायिक उखुखेती गर्ने किसानको संख्या १ लाख थियो । उक्त संख्या यस वर्ष ३५ हजारभन्दा बढीले घटेको संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उखुखेती गर्ने जमीनमा अहिले किसानहरूले धान, तोरी, मकै, आलुलगायत अन्य खेती शुरू गरेको उनको भनाइ छ ।

‘३५ हजारभन्दा बढीले उखुखेतीको विकल्प खोजिसके, अरू पनि घट्ने क्रममा छन्,’ उनले भने, ‘खेती गरिरहेकाले पनि आधा उत्पादन घटाएका छन्,’ उनले भने ।

आयातित चिनीका कारण आफ्नो चिनी नबिकेको भन्दै उद्योगीले उखुको भुक्तानी नगरेको उनले बताए । ‘विदेशी चिनीका कारण स्वदेशी चिनी बिकेन भनेर भुक्तानी नै पाएनौं,’ उनले भने, ‘भुक्तानी नै नपाएपछि उखुखेती गरेरै बस्न सकिने अवस्था रहेन ।’

नेपालमा ३ लाख ८० हजार मेट्रिक टन चिनीको माग रहेको छ । उखु किसानले भुक्तानी नपाएकै कारण अहिले १ लाख २० हजारसम्म चिनी उत्पादन गर्न सक्ने गरी उखुखेती भइरहेको उनको भनाइ छ । यद्यपि, आन्दोलनपछि किसानहरूले उखुको बक्यौता रकम भने पाइसकेका छन् ।
आर्थिक अभियानबाट

अरु पनि पढ्नुहॊस

१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई पनि पुनर्कर्जा

२०७७ फाल्गुन २३, आईतवार ०८:१८
अब १० मेगावाटभन्दा कम क्षमता भएका जलविद्युत् आयोजनाले पनि विशेष पुनर्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार पुनर्कर्जा कार्यविधि २०७७ को पहिलो संशोधन गर्दै त्यस्ता जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जा दिने व्यवस्था गरेको हो । यसअघि जलविद्युत् आयोजनाहरूले विशेष पुनर्कर्जा पाउने व्यवस्था थिएन । राष्ट्र बैंकले अहिले आएर त्यस्ता आयोजनालाई रू। ५ करोडसम्म विशेष » पूरा पढ्नुहोस्
file photo

Breaking News

सजिलै भेटाउनुहॊस