१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई पनि पुनर्कर्जा

file photo

अब १० मेगावाटभन्दा कम क्षमता भएका जलविद्युत् आयोजनाले पनि विशेष पुनर्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार पुनर्कर्जा कार्यविधि २०७७ को पहिलो संशोधन गर्दै त्यस्ता जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जा दिने व्यवस्था गरेको हो ।

यसअघि जलविद्युत् आयोजनाहरूले विशेष पुनर्कर्जा पाउने व्यवस्था थिएन । राष्ट्र बैंकले अहिले आएर त्यस्ता आयोजनालाई रू। ५ करोडसम्म विशेष पुनर्कर्जा दिन सक्ने व्यवस्था गरेको हो । बैंकले ग्राहकको मूल्यांकन गरी २० करोड रुपैयाँसम्म पुर्नकर्जा दिने सक्ने व्यवस्था पनि रहेको छ । तर, यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जाको अंश कुल पुनर्कर्जामा २० प्रतिशतभन्दा बढी गराउन पाइने छैन ।

यससँगै अब बैंकहरूले त्यस्ता जलविद्युत् आयोजनाहरूका लागि पनि राष्ट्र बैंकसमक्ष पुनर्कर्जा माग गर्न सक्नेछन् । त्यसपछि राष्ट्र बैंकले जलविद्युत् आयोजनाहरूको नाममा एकमुष्ट रूपमा पुनर्कर्जा प्रदान गर्नेछ ।

यस्तो पुनकर्जाको ब्याजदर ३ प्रतिशत तोकिएको छ । बैंकले भने राष्ट्र बैंकलाई १ प्रतिशतका दरले ब्याज बुझाउनुपर्ने व्यवस्था गरिएको छ । पुनर्कर्जा पाउने जलविद्युत् आयोजनाले यसअघि बैंक तथा वित्तीय संस्थाबाट न्यूनतम २० करोड कर्जा लिएको हुनुपर्ने छ । जलविद्युत् आयोजनाहरूलाई पनि पुनर्कर्जाको सुविधा दिनुपर्ने भनेर पहिलेदेखि नै ऊर्जा व्यवसायीहरूबाट माग हुँदै आएको थियो । त्यसपछि राष्ट्र बैंकले अहिले आएर जलविद्युत् आयोजनाहरूलाई पनि पुनर्कर्जा दिने व्यवस्था गरेको हो ।
आर्थिक अभियानबाट

अरु पनि पढ्नुहॊस

पुँजी बजारमा ४१ प्रतिशत महिला लगानीकर्ता

२०७७ फाल्गुन २४, सोमबार ०८:१०
काठमाडौं । नेपालको शेयर बजारका कुल लगानीकर्तामध्ये ४१ प्रतिशत हिस्सा महिलाले ओगटेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार फागुन २३ गतेसम्म खुलेको हितग्राही खातामध्ये ४१ प्रतिशत महिलाको नाममा रहेको छ । यो दिनसम्म ३१ लाख २८ हजार ३२५ वटा हितग्राही खाता खोलिएकामा १२ लाख ८४ हजार ५५१ हितग्राही खाता महिलाको नामका रहेका » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस