क्यूआर कोडमार्फत भुक्तानी गर्ने पौने चार लाख पुगे

काठमाडौं । पछिल्लो समय बजारमा डिजिटल भुक्तानीमध्ये क्यूआर कोड (क्वीक रेस्पोन्स) मार्फत हुने कारोबारको विषयले चर्चा पाएको छ । चर्चा भएअनुसार नै क्यूआर कोडमार्फत हुने कारोबार प्रत्येक महीना हजारौंको संख्यामा बढेको छ ।

क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रोत्साहन गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफै लागिपरेका छन् । गत कात्तिक र मङ्सिर एकै महीनाको अन्तरमा कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार एकै महीनामा १ लाख १ हजार ७ सय ५६ कारोबार थपिएर गत मङ्सिरमा कुल कारोबार संख्या ३ लाख ४३ हजार ५ सय ७४ पुगेको छ । सो संख्यामा रू. १ अर्ब २५ करोड ५५ लाख रूपैयाँ बराबरको भुक्तानी क्यूआर कोडमार्फत भएको छ ।

यसैगरी गत पुसमा मङ्सिर महीनाको तुलनामा २८ हजार ६ सय २ ओटा कारोबार थपिएर कुल कारोबार संख्या ३ लाख ७२ हजार १ सय ७६ पुगेको छ । यस अवधिमा क्यूआरबाट भुक्तानी गर्नेको संख्या बढे पनि कुल कारोबार रकममा भने न्यून संकुचन आएको छ । पुस महीनामा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी भएको थियो ।

अरु पनि पढ्नुहॊस

निक्षेपको ब्याजदर बढ्ने संकेत

२०७७ फाल्गुन २७, बिहीबार ०८:२१
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूको कर्जा प्रवाह आक्रामक गतिमा विस्तार भएको छ । यसअघि लामो समयसम्म कोभिडको प्रभावले बैंकरहरूले अपेक्षाअनुसार कर्जा प्रवाह हुन सकेको थिएन । पछिल्ला २ सातामा भने निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि करीब दोब्बर भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । परिणामस्वरूप फागुन तेस्रो साता २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस