थप चार पुनर्बीमा कम्पनी खोल्ने तयारी

काठमाडौं । नेपालमा थप चार पुनर्बीमा कम्पनी स्थापनाको तयारी भएको छ । बीमा समितिले नै थप पुनर्बीमा कम्पनी स्थापना गर्ने विषयमा अध्ययन शुरू गरेपछि सम्बद्ध योजनाकारले कम्पनी स्थापनाको तयारीलाई तीव्रता दिएका छन् ।

हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । तर, बीमा समितिले गत फागुनको तेस्रो साता नयाँ पुनर्बीमा कम्पनीको आवश्यकताको विषयमा समिति नै बनाएर अध्ययन अगाडि बढाएको छ । त्यसपछि बजारमा अन्नपूर्ण री, काठमाडौं री, प्रुडेन्सियल री र जेन्युन री नाममा पुनर्बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

प्रस्तावित अन्नपूर्ण री इन्स्योरेन्सको तयारी करीब १ वर्षअघि नै अघि बढाइएको थियो । यसबाहेकका प्रस्तावित पुनर्बीमा कम्पनीहरू खोल्ने प्रक्रिया भने हालै अगाडि बढाइएको हो ।आर्थिक अभियानबाट

अरु पनि पढ्नुहॊस

नेपालीले सय रूपियाँ कमाउँदा ९१ रुपियाँ खर्च

२०७७ चैत्र १, आईतवार ०७:५९
लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो। राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९/२० मा सरदरमा नेपालीले आम्दानीको ९१।१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस