महिनाको १० अर्वमात्रै विकास खर्च

चालु आर्थिक वर्षको दोस्रो चौमास फागुनमसान्तसम्म साढे २२ प्रतिशत मात्र पुँजीगत खर्च (विकास खर्च) भएको छ । सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका लागि पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ बजेट छुट्याएकोमा फागनुमसान्तसम्म ७९ अर्ब ६९ करोड रुपैयाँ मात्र खर्च गरेको छ । सरकारले यति बेलासम्म कम्तीमा पनि ४० प्रतिशत खर्च गरिसक्नु पर्ने थियो ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँको कुल बजेट छुट्टाएकामा ११ महिनाको अवधिमा चालु, पँुजीगत र वित्तीय व्यवस्थापन गरी ५ खर्ब ७१ अर्ब खर्च भएको हो । हालसम्म भएको खर्च कुल बजेटको ३८.७२ प्रतिशत हो । गत माघ २८ गते चालु आवको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णु पौडेलले संशोधित बजेटको आकार १३ खर्ब ४४ अर्बमाझारेका थिए । बाँकी अवधिमा कुल विनियोजित बजेटको ९१.१९ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो ।

अरु पनि पढ्नुहॊस

ढक–तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता

२०७७ चैत्र २, सोमबार ०८:३२
आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस