रेमिट्यान्स बढ्यो

रेमिट्यान्स आप्रवाह आलू आर्गिक वर्षको सात महिनामा १०.९ प्रतिशतले वृद्धि भई रु.५६७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको राष्ट बैंकको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु.६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

अरु पनि पढ्नुहॊस

फेरि इन्धनको मूल्य बढ्यो

२०७७ चैत्र ३, मंगलवार १७:२५
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपियाँ बढाएको हो । काठमाडौंमा अब प्रतिलिटर पेट्रोलको रू ११८ र डिजेल र मट्टितेल प्रतिलिटर रू १०१ पुगेको छ। ग्यासको मूल्य यथावत छ। पछिल्लो करिब एक महिनाकाे अवधिमा इन्धनको मूल्य चार पटक बढेको छ » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस