क्रश बोर्डर विद्युत् व्यापार मार्गदर्शन निर्माणको तयारी

भारतले अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी कार्यविधि ल्याएपछि नेपालले पनि सोहीसम्बन्धी मार्गदर्शन बनाउने प्रक्रिया अगाडि बढाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले फागुन १४ गते (फेबु्रअरी २६ तारीख) मा उक्त कार्यविधि जारी गर्दै नेपालबाट विद्युत् खरीद गर्ने व्यवस्था गरेको थियो । त्यसपछि नेपालले भारतसहित अन्तरराष्ट्रिय बजारमा विक्री गर्ने बजार सुनिश्चित गर्न क्रश बोर्डर विद्युत् व्यापारसम्बन्धी मार्गदर्शन बनाउने तयारी गरेको हो ।

भारतले उक्त कार्यविधि जारी गरेपछि नेपाललाई भारतमा विद्युत् विक्री गर्न बाटो खुलेको छ । यद्यपि, विद्युत् निर्यातलाई आवश्यक सहजीकरण गर्न मार्गदर्शन तयार पार्न लागिएको हो ।

ऊर्जा मन्त्रालयले मार्गदर्शन निर्माण प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले क्रश बोर्डर विद्युत् व्यापारसम्बन्धी मार्गदर्शन बनाउने प्रक्रिया अगाडि बढाइएको बताए । यसका लागि ऊर्जा, श्रम मन्त्रालय, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधित्व हुने गरी कार्यदल नै गठन गरिएको उनले जानकारी दिए । कार्यदलको संयोजकमा भेटवाल रहेका छन् ।

भारतले यस सम्बन्धमा कार्यविधि ल्याइसकेपछि नेपालको तर्फबाट पनि आवश्यक मार्गदर्शन बनाउन लागिएको भेटवालले बताए । मागदर्शन बनेपछि अन्तरदेशीय विद्युत् व्यापार सम्बन्धमा थप स्पष्टता हुने उनको बुझाइ छ । आर्थिक अभियानबाट

अरु पनि पढ्नुहॊस

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ बिक्री गर्दै

२०७७ चैत्र ४, बुधबार ०८:१३
बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ विक्री गदैं सर्वोत्तम सिमेण्ट, पहिलो वर्षनै ३५ प्रतिशत लाभांश निश्चित चैत ४, काठमाडौं । सर्वोत्तम सिमेण्ट लिमिटेडले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ विक्री गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो । त्यस्तै कम्पनीले » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस