बिल्डिङबाट मूल्य अन्वेषण

प्राथमिक शेयर निष्कासनमा पहिलोपल्ट बुक बिल्डिङ विधिबाट मूल्य अन्वेषण गर्न लागिएको छ । वास्तविक क्षेत्रका कम्पनीहरूलाई सार्वजनिक शेयर निष्कासनलाई प्रोत्साहन गर्न बुक बिल्डिङ विधि लागू भएसँगै सर्वोत्तम सिमेन्टले पहिलोपल्ट यस विधिबाट शेयर निष्कासनको तयारी गरेको हो । यसले कम्पनीको शेयरको मूल्य अन्वेषण हुन गई उनीहरूको वास्तविकतासमेत पत्ता लाग्ने विश्वास गरिएको छ ।
नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट धितोपत्र निष्कासन गराउन बुक बिल्डिङडसम्बन्धी निर्देशिका तथा नियमावली लागू गरेपछि यो प्रक्रियाअनुसार प्राथमिक शेयर निष्कासनमा मूल्य निर्धारणको नयाँ विधिले प्रवेश पाएको हो । यसमा कुनै मूल्यांकन विधिका आधारमा धितोपत्रको वित्तीय मूल्यांकन गरिन्छ । त्यो मूल्यांकन रकममा केही प्रतिशत थपघट गरेर निष्कासन मूल्यको दायरा तोकिन्छ र सम्भावित लगानीकर्ताहरूबाट उनीहरूले किन्न चाहेको आशय मूल्य र संख्यामा आवेदन माग गरिन्छ । यसका लागि बोर्डले ७४ ओटा योग्य संस्थागत लगानीकर्ता छानिसकेको छ । यी लगानीकर्ताले कबोल्ने मूल्यका आधारमा सर्वोत्तम सिमेन्टको कट अफ प्राइस तय गरिन्छ र त्यसको १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई शेयर निष्कासन गरिन्छ । यसरी शेयर किन्न पाउन सर्वासाधारणले कम्तीमा ५० कित्ता सेयर पाउनेछन् । यसरी कम्पनीको शेयरको उचित मूल्य कायम हुने विश्वास गरिन्छ जुुन विश्वव्यापी रूपमा प्रचलनमा रहेको छ । यसअघि यस्ता कम्पनीलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न सक्ने व्यवस्था गरिएको थियो । यसअनुसार नेपाल टेलिकम, होङ्सी सिमेन्टलगायतले प्राथमिक शेयर निष्कासन गरेका थिए । तर, प्रिमियम मूल्य कम्पनी आफैले तोक्ने भएकाले त्यो मूल्य सही हो कि होइन भन्न सक्ने अवस्था थिएन । बुक बिल्डिङ विधिले भने उचित मूल्य अन्वेषण गर्ने विश्वास गरिन्छ ।
मूल्य निर्धारणको यो वैज्ञानिक विधि अपनाइएकाले अन्य उत्पादनमूलक उद्योगहरूलाई पनि शेयरबजारमा प्रवेश गर्न प्रोत्साहित गर्न सक्छ । एनसेलजस्ता दूरसञ्चार कम्पनी र केही उत्पादनमूलक तथा सेवाप्रदायक कम्पनीहरू शेयरबजारमा आउन इच्छुक देखिएका छन् । अनेक समस्या झेलेर नाफामा लगेको कम्पनीको शेयर सस्तोमा सर्वसाधारणलाई जारी गर्न व्यवसायीहरू इच्छुक नहुनु स्वाभाविक हो । तर, यो नयाँ विधिबाट भने उनीहरूले उचित मूल्य पाउने हुँदा कम्पनीको विस्तारका लागि राम्रो अवसर पाउने देखिन्छ ।

बुक बिल्डिङ विधिमा कुनै कम्पनीको शेयर मूल्य बजारले नै निर्धारण गर्छ । यसमा लिड अन्डरराइटरले बुक बिल्डिङको सही विधि प्रयोग गर्नुपर्ने हुन्छ । उसले सही विधि प्रयोग गर्छ कि गर्दैन, योग्य संस्थागत लगानीकर्ताले सही मूल्यमा शेयर किन्ने प्रत्याभूति गर्छन् गर्दैनन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । नेपालमा यसबारे स्पष्ट डेटाबेस नभएकाले मूल्य अन्वेषणमा चलखेल हुन सक्ने आशंका पनि कसैकसैले गरेको पाइन्छ । यस्तोमा धितोपत्र बोर्ड निकै चनाखो हुनुपर्ने देखिन्छ । योग्य संस्थागत लगानीकर्तालाई मूल्यमा अनावश्यक मिलोमतो नगरी चलखेल गर्न नदिन बोर्डले कारबाहीको चेतावनी दिन वा सचेत पार्न आवश्यक हुन्छ । त्यस्तै यस्तो मूल्यमा चलखेल हुन नदिने हो भने इबिडिङ हुनुपर्छ जसका लागि पहल थाल्नु आवश्यक हुन्छ ।

बुक बिल्डिङबाट कम्पनीको वास्तविक मूल्य बुझ्न पनि यसले सहयोग गर्ने भएकाले कम्पनीका लागि समेत यो राम्रो अवसर हो । राम्रो कम्पनी प्रमाणित हुने अवसर यसले दिन्छ । सर्वोत्तम सिमेन्टले यस विधिअनुसार ६० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्दा कम्पनीका लागि निकै सहयोग पुग्ने देखिन्छ । यसबाट उठेको रकम उसले ऋण तिर्न र व्यवसाय विस्तार गर्न लगानी गर्ने बताएको छ । अन्य उत्पादक कम्पनीहरूले पनि बुक बिल्डिङबाट तय भएको मूल्यमा सेयर निष्कासन गरी कम्पनीको क्षमता विस्तार गर्न सक्छन् । अतः यसलाई सकेसम्म विवादरहित तथा सही मूल्य अन्वेषण हुने गरी सञ्चालन गर्न सम्बद्ध सबैको ध्यान जानु जरुरी छ । आर्थिक अभियानबाट

अरु पनि पढ्नुहॊस

मुद्राको सीमा बढ्यो

२०७७ चैत्र ६, शुक्रबार ०७:४१
नेपाल राष्ट्र बैंकले मालसामान आयात गर्दा लाग्ने परिवर्त्य विदेशी मुद्राको सीमा बढाएको छ । अबदेखि आयातित वस्तुको भुक्तानीका लागि व्यवसायीले एकपटकमा अधिकतम अमेरिकी डलर १ लाख वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको कारोबार गर्न पाउने भएका छन् । उक्त सीमा भने परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुनेगरी भारतबाहेक अन्य मुलुकबाट प्रतीतपत्रबाहेक डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डीएपी) र » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस