७ महिनामा ५० लाख थान मोबाइल आयात

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ४९ लाख ९३ हजार ४५१ थान मोबाइल आयात भएको छ । यो अवधिमा २६ अर्ब ३० करोड ५५ लाख मूल्य बराबरको सो थान मोबाइल आयात भएको अर्थात मोबाइल खरिदका लागि सो रकम बाहिरिएको भन्सार विभागले जानकारी दिएको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा सबैभन्दा बढी आयात हुने सूचीको तेस्रो स्थानमा परेको मोबाइल आयातबाट ४ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

पुससम्ममा ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो परिमाणको मोबाइल सेट आयातका लागि नेपालबाट २० अर्ब ६३ करोड रूपैयाँ बाहिरिएको छ । फोन भित्रिएबापत सरकारलाई ३ अर्ब २६ करोड रूपैयाँ राजस्व सं्रकलन भएको छ ।

अरु पनि पढ्नुहॊस

दोहोरो अंकले नेप्सेमा गिरावट

२०७७ चैत्र ९, सोमबार ०७:३६
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको थियो । नेप्सेका अनुसार आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा थामिएको छ भने आज ५ अर्ब ३५ करोड १३ लाख बराबरको » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस