ब्याजदर बढ्यो

पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् ।

मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको ब्याजदर थोरै बढाएका छन् । यी बैंकले अघिल्लो महीनाको तुलनामा थप १ प्रतिशत विन्दुदेखि साढे १ प्रतिशत विन्दुसम्म ब्याज बढाएका छन् । बैंकहरूले अवधिअनुसारका मुद्दती निक्षेपमा अधिकतम ७ दशमलव २५ प्रतिशतदेखि साढे ८ प्रतिशतसम्म ब्याजदर दिएका छन् ।

सानिमा बैंकले चैतको तुलनामा वैशाखमा १ प्रतिशत विन्दुले ब्याजदर बढाएर मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८ प्रतिशतसम्म पुर्‍याएको छ । अहिले तरलता पर्याप्त भएका बैंकहरू बैंकको भोलम बढाउन निक्षेपको ब्याजदर बढाउनतिर लागेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले भने, ‘अहिले हाम्रो सीसीडी ८४ प्रतिशतभन्दा कम छ । अब निक्षेप संकलन बढाउन पनि ब्याजदर बढाएका हौं ।’

नेपाल राष्ट्र बैंकले चालू आवमा कर्जा पूँजी निक्षेप अनुपात ८५ प्रतिशत तोकेपछि बैंकहरूलाई लगानी गर्न सहज बनेको छ । यसअघि यस्तो सीमा ८० प्रतिशतसम्म थियो । अहिले ८० प्रतिशत र ८५ प्रतिशतको बीचमा करीब नौओटा बैंक रहेका छन् । उत्साहजनक कर्जा प्रवाह गरेका सानिमा, प्राइम, एनआईसी, मेगा, सिभिल, कुमारी, माछापुच्छ्रेलगायत बैंकको सीसीडी कसिलो देखिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भने पछिल्लो समय बैंकहरूको औसत सीसीडीको अनुपात ७९ दशमलव ४१ प्रतिशत रहेको छ ।

सीसीडी कसिलो भएका अधिकांश बैंकको निक्षेप ब्याजदर बढाएका छन् । तर, अपवादमा मेगा बैंकले भने घटाएको देखिन्छ । चैतको तुलनामा वैशाखबाट लागू गरेको निक्षेपको ब्याजदर घटाएर मुद्दती निक्षेपमा करीब ६ दशमलव ७५ प्रतिशत कायम गरेको छ । उक्त बैंकको साधारण बचतको ब्याजदर भने न्यूनतम १ दशमलव ७५ प्रतिशतदेखि ३ दशमलव ५० प्रतिशतसम्म कायम गरेको छ । बैंकबीच सापटी लिने अन्तरबैंक कर्जाको ब्याजदर भने चर्को देखिएको छ ।

अरु पनि पढ्नुहॊस

जीडीपीमा सूचना प्रविधिको योगदान ७७ अर्ब १६ करोड

२०७८ बैशाख ६, सोमबार ०८:०८
काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको छ । शनिवार नेपाल आर्थिक पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘कुल गार्हस्थ्य उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले जीडीपीमा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब १६ करोड ६५ लाख » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस