ब्रोकर हाउसमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना भाइरसको संक्रमण बढेसँगै सम्पूर्ण धितोपत्र बजार तथा धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

धितोपत्र बोर्डले बुधवार एक सूचना जारी गरेर कोरोनाको महामारी रोकथाममा सहयोग पुर्‍याउनका लागि सुरक्षित तरिकाले कार्य सञ्चालन गर्न भनेको हो ।
सोही अनुसार बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गर्न पनि भनेको छ ।

नेपाल सरकारले तोके बमोजिमको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी कार्यालयभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राही बीच दुई मिटरको भौतिक दुरी कायम हुने गरी सेवा प्रवाह गर्नुपर्नेछ ।

साथै बोर्डले सभा सम्मेलन, गोष्ठी,सेमिनार,बैठक, तालीम प्रशिक्षण जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म अनलाइन तथा भर्चुअल माध्यमबाट गर्न भनेको छ ।

अरु पनि पढ्नुहॊस

कोरोना कहरमै बैंकहरुको व्यवसाय २५ प्रतिशतले बढ्यो

२०७८ बैशाख ९, बिहीबार ०९:२६
कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन । अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६/७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा २७ ओटा » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस