कोरोना कहरमै बैंकहरुको व्यवसाय २५ प्रतिशतले बढ्यो

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन । अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६/७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ ।

यसअवधिमा २७ ओटा वाणिज्य बैंकहरूबाट ७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरूबाट कर्जा वृद्धि हुँदा चालू आवको चैतसम्ममा कुल कर्जा प्रवाह रू।३५ खर्ब ७३ अर्ब पुगेको छ । यसअघिको चालू आवसम्ममा वाणिज्य बैंकको कुल कर्जा २८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको थियो ।

गत आवको चैत १० गतेदेखि यता ३ महीनासम्म पूर्णरूपमा बन्दाबन्दी भयो र यसपछि आंशिक रूपमा खुले पनि यस बीचको १ वर्षमा वाणिज्य बैंकहरूको व्यवसाय सन्तोषजनक भएको बैंकरहरू बताउँछन् । पछिल्लो समय क्रमशः अर्थतन्त्र चलायमान हुन थालिरहँदा कोभिड संक्रमणको दोस्रो लहरले भोलिको दिनमा बैंकको व्यवसाय विस्तारमा थप चुनौती देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।

अरु पनि पढ्नुहॊस

६६ अर्ब पुनर्कर्जा लगानी हुन बाँकी

२०७८ बैशाख ९, बिहीबार ०९:३०
गत सातासम्म करिब ६६ अर्ब रुपैयाँ पुनर्कर्जा लगानी गर्न बाँकी रहेको देखिएको छ । चालु आर्थिक वर्षमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये करिब डेढ खर्ब रुपैयाँ लगानी भइसकेको छ । यसमा ६६ अर्ब रुपैयाँ बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । गत सातासम्म १ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस