६६ अर्ब पुनर्कर्जा लगानी हुन बाँकी

गत सातासम्म करिब ६६ अर्ब रुपैयाँ पुनर्कर्जा लगानी गर्न बाँकी रहेको देखिएको छ । चालु आर्थिक वर्षमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये करिब डेढ खर्ब रुपैयाँ लगानी भइसकेको छ । यसमा ६६ अर्ब रुपैयाँ बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । गत सातासम्म १ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकले सीधै प्रवाह गर्न सक्ने (ग्राहक मूल्यांकनमा आधारित), बैंक तथा वित्तीय संस्था र लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट प्रदान गरिने गरी हालसम्म उक्त पुनर्कर्जा प्रवाह भइसकेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । यो पुनर्कर्जा ४८ हजार ८ सय ६५ जना ऋणीले लगेका हुन् । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले थप ६६ अर्ब रुपैयाँ मात्र पुनर्कर्जा प्रवाह गर्न पाँउछ । ‘आर्थिक वर्ष सकिन अझै केही महिना बाँकी छ, पुनर्कर्जाको माग पनि धेरै छ,’ उनले भने, ‘बाँकी रकम पनि प्रवाह हुनेमा हामी आशावादी छौं ।’

पुनर्कर्जा कार्यविधिले राष्ट्र बैंकलाई पुनर्कर्जा कोषमा रहेको रकमको बढीमा ५ गुणासम्म कर्जा प्रवाह गर्न छुट दिएको छ । हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ छ । यसअनुसार राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ (पाँच गुणा) बराबर रकम पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउँछ । यसको ७० प्रतिशत (१ खर्ब ४८ अर्ब रुपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन्  । २० प्रतिशतअन्तर्गत ४२ अर्ब ५० करोड रुपैयाँ राष्ट्र बैंकले ग्राहक पुनर्कर्जा शीर्षकमा खर्च गर्छ । बाँकी २१ अर्ब २५ करोड रुपैयाँ लघुवित्त वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन् र आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्छन् । यही व्यवस्थाअनुसार गत सातासम्म राष्ट्र बैंकले ४३ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो राष्ट्र बैंकले प्रवाह गर्न पाउने सीमाभन्दा केही बढी हो । बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा प्रवाह नभएपछि राष्ट्र बैंकले कार्यविधि परिमार्जन गरी गभर्नरको निर्णयअनुसार पुनर्कर्जाको निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले सीधै पुनर्कर्जा प्रवाह गरिरहेको बताइएको छ ।

अरु पनि पढ्नुहॊस

कोरोना कहर : धमाधम होटल बुकिङ रद्द

२०७८ बैशाख १२, आईतवार ०९:५७
बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् । कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस