नेपाल विद्युत् प्राधिकरणले साढे २ वर्षदेखि डिजेलकै भरमा सञ्चालन हुँदै आएको नवलपरासीस्थित नेपालकै ठूलो सिमेन्ट उद्योग अर्थात् होङ्सी शिवम् सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने भएको छ । प्राधिकरणको कार्यकारी निर्देशक स्तरबाट गतहप्ता उक्त उद्योगलाई ३० मेगावाट विद्युत् दिन स्वीकृति गरिएको हो । योसँगै अब प्राधिकरणले उक्त उद्योगलाई ३० मेगावाटसम्म विद्युत् दिन सक्नेछ । बर्दघाटबाट सर्दी » पूरा पढ्नुहोस्

सरकारले कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा चालु आर्थिक वर्षमा मात्र १९ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । तर पनि कोरोना संक्रमणको दोस्रो लहर रोक्न सरकार असफल देखिएको छ । पछिल्ला १० महिनामा संघीय सरकारले ८ अर्ब ५९ करोड ९८ लाख, प्रदेश सरकारले २ अर्ब ९२ करोड ३ लाख र स्थानीय सरकारले » पूरा पढ्नुहोस्

बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् । कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र » पूरा पढ्नुहोस्

गत सातासम्म करिब ६६ अर्ब रुपैयाँ पुनर्कर्जा लगानी गर्न बाँकी रहेको देखिएको छ । चालु आर्थिक वर्षमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये करिब डेढ खर्ब रुपैयाँ लगानी भइसकेको छ । यसमा ६६ अर्ब रुपैयाँ बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । गत सातासम्म १ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह » पूरा पढ्नुहोस्

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन । अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६/७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा २७ ओटा » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना भाइरसको संक्रमण बढेसँगै सम्पूर्ण धितोपत्र बजार तथा धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । धितोपत्र बोर्डले बुधवार एक सूचना जारी गरेर कोरोनाको महामारी रोकथाममा सहयोग पुर्‍याउनका लागि सुरक्षित तरिकाले कार्य सञ्चालन गर्न भनेको हो । सोही अनुसार बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र » पूरा पढ्नुहोस्

काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको छ । शनिवार नेपाल आर्थिक पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘कुल गार्हस्थ्य उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले जीडीपीमा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब १६ करोड ६५ लाख » पूरा पढ्नुहोस्

पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् । मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको » पूरा पढ्नुहोस्

काठमाडौं । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको रूरू जलविद्युत परियोजनाले शुक्रबारदेखि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनिले सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको » पूरा पढ्नुहोस्

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनःप्रक्रिया शुरु गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्पर्धा हुन नसक्ने भन्दै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिले सार्वजनिक खरीद अनुगमन कार्यालयले अन्तरराष्ट्रिय कम्पनी सहभागी हुने » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस