पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ । यी कार्यबाट लामो समय प्रचारप्रसार नपुगेर गुमनाम रहेको चिया क्षेत्र केही माथि उठ्ने » पूरा पढ्नुहोस्

अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । काठमाडौँमा राष्ट्रपति, उद्योग मन्त्री र उद्योगका » पूरा पढ्नुहोस्

 काठमाडौंमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार गएको १० दिनमा हरियो तरकारीको मूल्यमा २४८ प्रतिशतसम्म वृद्धि भएको देखिन्छ । । असोज ५ गते थोक मूल्य प्रतिकिलो ३३ रुपैयाँ रहेको घिरौलाको मूल्य गएको १० दिनमा २४८ प्रतिशतले वृद्धि भई १ सय १५ रुपैयाँ पुगेको » पूरा पढ्नुहोस्

  सर्लाही,रासस । हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले यस वर्ष ४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले राससलाई जानकारी दिनुभयो । ‘इन्दुशङ्कर चिनी उद्योग लिमिटेड विसं २०४२ मा स्थापना भएको थियो । स्थापनायता नैै » पूरा पढ्नुहोस्

विराटनगर, (रासस) । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गतवर्र्ष ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अन्ुार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, » पूरा पढ्नुहोस्

नेपाल किसान सङ्घले नेपाल सरकारद्वारा प्रस्तुत २०७७/०७८ को बजेटमा कृषि क्षेत्रमा अपेक्षाकृत बजेट विनियोजित नभएको भनी टिप्पणी गरेको छ । सङ्घका सभापति भानु सिग्देलले आज एक विज्ञप्तिमार्फत कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिर्जित बन्दाबन्दीले धरासायी हुन पुगेको मुलुकको अर्थतन्त्रको कृषि क्षेत्रमा व्यापक लगानी गरी कृषि क्रान्तिका माध्यमबाट छोटो समयमै भरथेग गर्न सकिने भए पनि बजेटमा » पूरा पढ्नुहोस्

चितवन । माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ ।  माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा रू. १ हजार जरिवाना गर्ने बताएको छ । कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ । निम्न आर्थिकस्तर » पूरा पढ्नुहोस्

कास्की । नेपालमा भैँसीपालनको दीर्घकालीन विकासका लागि राष्ट्रिय रणनीति निर्माण गरिने भएको छ । नेपालको कृषिमा आबद्ध कूल जनसङ्ख्याको ५० प्रतिशत कृषकले भैँसीपालन गर्दै आएका छन् । करिब ८५ प्रतिशत जनताको आर्थिक समृद्धिसँग जोडिएको र देशको कूल गार्हस्थ्य उत्पादनमा छ प्रतिशत योगदान रहेकाले समेत यसको व्यावसायिक विकासका लागि राष्ट्रिय रणनीति बनाउनुपर्ने आवश्यकता महसुस भएपछि आगामी » पूरा पढ्नुहोस्

बनेपा माघ, १४ । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । वडाका सबै कृषकलाई समेट्ने गरी पाँच÷पाँच जनाको समूह बनाएर » पूरा पढ्नुहोस्

    दमौली, माघ  १३  ।तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा नमूना कृषि गाउँ स्थापना गर्ने सरकारको लक्ष्यबमोजिम कोटामा नमूना कृषि गाउँ स्थापना गरिएको हो । देवघाट गाउँपालिकालाई प्राङ्गारिक कृषिउपज गाउँपालिका घोषणाको लागि सबै पहल भइरहेको अवस्थामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाले यसलाई » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस