चालु आर्थिक वर्षको मंसिरसम्म वीरगन्ज नाका हुँदै २ अर्ब ८२ करोड रुपैयाँ बराबरको २ हजार ५ सय ७८ थान जिप, कार, भ्यान आयात भएका छन् । गत आवको यसै अवधिमा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको ४ हजार २ सय ५१ थान सवारीसाधन आयात भएका थिए । चालु आर्थिक वर्षमा सवारीसाधनको आयात झन्डै आधा घटेको छ । चालु » पूरा पढ्नुहोस्

म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युत्गृहमा उपकरण जडान सकिएको छ । निर्मित संरचना र जडान भएका उपकरणको परीक्षण शुरु गरिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले » पूरा पढ्नुहोस्

काठमाडौं । सरकारले विद्युतीय गाडीको करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तःशुल्क घटाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो। सरकारले बजेटमार्फत विद्युतयि गाडीमा ८० प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय गरेको थियो । त्यस्तै गाडीको क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क » पूरा पढ्नुहोस्

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारीक विक्रेताले यसपटकको दशैं तिहारमा वेलकम टु हुन्डाई परिवार योजना ल्याएको छ । यो योजना असोज ५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो । यस योजनाअन्तर्गत, ग्राहकले नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख » पूरा पढ्नुहोस्

काठमाडौं । दशैं र तिहार चाडपर्वको उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘खुशी खोज्ने होइन रोज्ने’ भन्ने नारासहित ‘रोजेरै खुशी’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले बजाजको कुनै पनि नया“ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० हजारे नगद छुट अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज वा २० प्रतिशत » पूरा पढ्नुहोस्

अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातका रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको भन्सारलगायत करमा कुनै परिवर्तन नभएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफूले सम्हालेको अर्थ मन्त्रालयको सन्दर्भमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले सार्वजनिक यातायातलाई नै प्रवद्र्धन गर्न लागेको र त्यससम्बन्धी विद्युतीय सवारीमा एक प्रतिशत मात्रै भन्सार शुल्क कायम गरिएको जानकारी दिनुभयो » पूरा पढ्नुहोस्

काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमाबाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो । विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिसन भएको यस गाडीमा नया“ २ लिटर ईकोब्लू डिजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० » पूरा पढ्नुहोस्

काठमाडौं । टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला यस वर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ । उक्त बैठकमा युटीएसका प्रबन्ध निर्देशक रीतु वैद्यलगायत देशभरका टोयोटा थ्री एस डिलरले सहभागिता जनाएका थिए । उक्त भेलाको उद्देश्य युटीएसले वर्षौदेखि ग्राहकलाई प्रदान गर्दै आएको टोयोटाका सवारीको बिक्री र सेवाको » पूरा पढ्नुहोस्

नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टस्को आधिकारिक वितरक सिप्रदी अटोपार्टस् प्रालिले टाटाका विभिन्न कमर्सियल गाडीका लागि टाटा मोटर्सको जेन्युइन आयल बजारमा सार्वजनिक गरेको छ। अन्तर्रािष्ट्रय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टस्का एक सयभन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो। उक्त समारोहका क्रममा टाटा मोटर्स » पूरा पढ्नुहोस्

काठमाडौँ, ७ माघ । निजी सवारीसाधन ऋणमा गरिएको कडाइलाई खुकुलो परिने भएको छ। ऋण कडाइले सवारी आयातमा कमी आएर राजस्व संकलनमै असर परेपछि सरकारको आग्रहलाई राष्ट्र बैंकले सवारी कर्जा खुकुलो बनाउन लागेको छ। त्यस्तै सवारीसाधन ऋण खुकुलो पार्नका लागि अर्थमन्त्री डा। युवराज खतिवडाले राष्ट्र बैंकलाई मौखिक आग्रह गरिसकेका छन्। राष्ट्र बैंकले पनि मन्त्रीको आग्रहलाई स्वीकार » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस