वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहबाट कन्टेनर बाहिरिन नसक्दा हाल २ हजार ६३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ । वीरगन्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको मुलुकको बन्दरगाहमा कोरोना संक्रमणकालदेखि नै कन्टेनर थन्किएको अवस्थामा रहेको सो कार्यालयले बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको नेपाल इन्टर मोडल यातायात » पूरा पढ्नुहोस्

नेपाल उद्योग वाणिज्य महासङ्घले कर तथा राजस्व समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समिति सदस्यमा सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ हुनुहुन्छ । समितिका सदस्यमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक सङ्घका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहाल हुनुहुन्छ » पूरा पढ्नुहोस्

चालू आर्थिक वर्षको चार महिनामा कुल वस्तु निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भई ४० अर्ब २० करोड रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १४ दशमलव ९ प्रतिशत र ६ दशमलव ५ » पूरा पढ्नुहोस्

चालु आर्थिक वर्षको कार्तिक मशान्तसम्ममा नेपालको शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेकोमा यस वर्ष यस्तो शोधानान्तर स्थिति थप बचतमा पुगेको हो। केन्द्रिय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय » पूरा पढ्नुहोस्

यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४ करोड ३५ लाख ८८ हजार ४१३ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख लक्ष्मण शाहले जानकारी दिनुभयो । चालु » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार पारवहन तथा सहयोगसम्बन्धी अन्तरसरकारी समिति (आईजीसी) को बैठकले सीमामा हुने अनधिकृत व्यापारमा कडाइ गर्ने निर्णय गरेको छ । मङ्सिर १८ र १९ मा भएको सहसचिवस्तरीय बैठकका निर्णयलाई अघि बढाउन र थप नयाँ विषयमा छलफल गर्न सचिवस्तरीय बैठक गरिएको थियो । बैठकले सीमामा हुने अनधिकृत व्यापारलाई कडाइ गर्ने निर्णय » पूरा पढ्नुहोस्

कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको » पूरा पढ्नुहोस्

सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको हो । ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा » पूरा पढ्नुहोस्

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा रु चार खर्ब दुई अर्बको विदेशी वस्तुको » पूरा पढ्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७६/ ७७ मा कुल रू. ११ अर्ब ३९ करोड ९५ लाख बेरुजु देखिएको छ । महालेखाले आन्तरिक लेखापरीक्षणमा देखिएको उक्त बेरुजु सेमटिएको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले बिहीवार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको हो । महालेखा नियन्त्रक मधुकुमार मरासिनीले उक्त प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन अनुसार बेरुजु रकम कुल बजेट निकासा र खर्चको » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस