प्राथमिक शेयर निष्कासनमा पहिलोपल्ट बुक बिल्डिङ विधिबाट मूल्य अन्वेषण गर्न लागिएको छ । वास्तविक क्षेत्रका कम्पनीहरूलाई सार्वजनिक शेयर निष्कासनलाई प्रोत्साहन गर्न बुक बिल्डिङ विधि लागू भएसँगै सर्वोत्तम सिमेन्टले पहिलोपल्ट यस विधिबाट शेयर निष्कासनको तयारी गरेको हो । यसले कम्पनीको शेयरको मूल्य अन्वेषण हुन गई उनीहरूको वास्तविकतासमेत पत्ता लाग्ने विश्वास गरिएको छ । नेपाल धितोपत्र बोर्डले » पूरा पढ्नुहोस्

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उ्दघाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय » पूरा पढ्नुहोस्

सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ » पूरा पढ्नुहोस्

सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्चमा संशोधन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । चालू आवमा रु १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान गरिएको छ । यो कूल विनियोजनको करिब » पूरा पढ्नुहोस्

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१४ बिन्दुले बढेर ३८२.५७ मा पुगेको छ । कूल २१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता शेयर रु तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ मा खरीद बिक्री भए » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ । महासङ्घको नयाँ कार्यसमिति यस्तो हुनेछ । अध्यक्ष : शेखर गोल्छा निवर्तमान अध्यक्ष : भवानी राणा विशिष्ट सदस्य : मनोनित हुन बाँकी वरिष्ठ उपाध्यक्ष : चन्द्रप्रसाद ढकाल उपाध्यक्ष (एशोसिएट्स) : रामचन्द्र सांघाई उपाध्यक्ष (वस्तुगत) : अञ्जन श्रेष्ठ उपाध्यक्ष (जिल्ला नगर) : दिनेश श्रेष्ठ कोषाध्यक्ष : नयाँ कार्यकारिणी समितिबाट निर्वाचित » पूरा पढ्नुहोस्

ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्‍कङस्थित खातामा रकम सारेको थियो।एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण ब्याङ्कहरूको “सस्पिसियस एक्टीभीटी रिपोर्टस” अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ। सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई फीनसेन फाइल्स भनिएको छ। एचएसबीसीले भने त्यस्ता गतिविधि बारे जानकारी गराउने विषयमा सधैँ आफ्नो » पूरा पढ्नुहोस्

कोभिड-१९ का गम्भीर बिरामीहरूको उपचार कसरी गर्ने विषयमा विश्वभरि परीक्षण भइरहेका छन्। बिरामीहरूलाई सञ्चो बनाउन उपयोगी पहिलो चरणका औषधिहरूको पहिचान भइरहेको छ। उपचार पत्ता लगाउन के भइरहेको छ? विभिन्न देशमा १५० भन्दा बढी औषधिबारे अनुसन्धान भइरहेको छ। तीमध्ये अधिकांश प्रयोगमै रहेका औषधि हुन् जसको परीक्षण कोरोनाभाइरसविरुद्ध भइरहेको छ। यूकेले रिकभरी नामक विश्वकै सबैभन्दा ठूलो परीक्षण » पूरा पढ्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा संघीय सरकारको कुल खर्च १०९४ अर्ब ३४ करोड रहेको छ । चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था वापतको खर्च क्रमशः ७८६ अर्ब ५३ करोड, १९१ अर्ब ७७ करोड र ११६ अर्ब ४ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा बैंकिङ कारोबारमा आधारित » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो । सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस