बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् । कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र » पूरा पढ्नुहोस्

गत सातासम्म करिब ६६ अर्ब रुपैयाँ पुनर्कर्जा लगानी गर्न बाँकी रहेको देखिएको छ । चालु आर्थिक वर्षमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये करिब डेढ खर्ब रुपैयाँ लगानी भइसकेको छ । यसमा ६६ अर्ब रुपैयाँ बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । गत सातासम्म १ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह » पूरा पढ्नुहोस्

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन । अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६/७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा २७ ओटा » पूरा पढ्नुहोस्

काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको छ । शनिवार नेपाल आर्थिक पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘कुल गार्हस्थ्य उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले जीडीपीमा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब १६ करोड ६५ लाख » पूरा पढ्नुहोस्

पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् । मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको » पूरा पढ्नुहोस्

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनःप्रक्रिया शुरु गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्पर्धा हुन नसक्ने भन्दै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिले सार्वजनिक खरीद अनुगमन कार्यालयले अन्तरराष्ट्रिय कम्पनी सहभागी हुने » पूरा पढ्नुहोस्

काठमाडौं : नेपालमा आयात हुने सुनको कोटा बढेर दैनिक २० केजी पुगेको छ । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकोमा नेपाल राष्ट्र बैंकले बढाएर दैनिक २० केजी सुन आयात गर्न सकिने व्यवस्था गरेको हो । नेपाल सुनचाँदी व्यवसायीहरूले हालको निर्धारित कोटाले सुनले बजारको माग धान्न नसकेको भन्दै राष्ट्र बैंकलाई कोटा बढाउन आग्रह गर्दै » पूरा पढ्नुहोस्

आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि कँडेलले जानकारी दिनुभयो । “पर्यटक आउनुस् भनेर » पूरा पढ्नुहोस्

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बटम स्टेशनको काम सकिएको छ भने सामान पनि आइपुगेको छ » पूरा पढ्नुहोस्

भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ। त्यो भनेको ७१ हजार ३ सय ४० टन हो। यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १० हजार ३ सय ११ टन लसुन भित्रिएको छ। आलु नै ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ सय ३४ » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस