कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन । अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६/७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा २७ ओटा » पूरा पढ्नुहोस्

पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् । मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको » पूरा पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८ महीनामा मात्रै त्यस्ता ऋणीको संख्या ४ हजार ७६७ रहेको छ । प्रत्येक आवको फागुनसम्मलाई आधार मान्दा पछिल्लो ५ वर्षमा ११ हजार ४५० ऋणी कालोसूचीमा परेका छन् । २०४६ » पूरा पढ्नुहोस्

काठमाडौं । पछिल्लो समय बजारमा डिजिटल भुक्तानीमध्ये क्यूआर कोड (क्वीक रेस्पोन्स) मार्फत हुने कारोबारको विषयले चर्चा पाएको छ । चर्चा भएअनुसार नै क्यूआर कोडमार्फत हुने कारोबार प्रत्येक महीना हजारौंको संख्यामा बढेको छ । क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रोत्साहन गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफै लागिपरेका छन् । गत कात्तिक र मङ्सिर एकै महीनाको अन्तरमा » पूरा पढ्नुहोस्

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त डेपुटी गभर्नर पदमा ढुंगाना र श्रेष्ठ डेपुटी नियुक्त गरेको हो । ढुंगाना डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् । फागुन १८ गते पाँच वर्षे कार्यकाल पूरा गरी डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र » पूरा पढ्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खातामध्ये करीब आधा करोड निक्षेप खाता निष्क्रिय (डोरमेन्ट) रहेका छन् । बैंकहरूले ३ वर्षसम्म कारोबार नभएका बचत खाता निष्क्रिय (डोरमेन्ट) खातामा राख्ने गरेका छन् भने ६ महीना कारोबार नभएका चल्ती खाता र कल (तुरुन्तै भुक्तानी पाइने) खातालाई निष्क्रियमा राख्ने गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकमा » पूरा पढ्नुहोस्

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नियन्त्रणमा आएको वाणिज्य बैंकहरूको आधार दर दोस्रो त्रैमासमा झन् घटेको छ । विशेष गरेर बैंकहरूले धमाधम निक्षेपको लागत घटाएपछि आधार दरसमेत घटेको हो । आधार दर घटेसँगै ऋणीहरूले कम ब्याजदरमा कर्जा पाउनेछन् । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकको पुस मसान्तमा आधार दर क्रमशः घटेर सबैभन्दा कम » पूरा पढ्नुहोस्

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको औसत नाफा घटेको पाइएको छ । कोरोना विपद्का कारण गत आवको चौथो त्रैमासदेखि नै वाणिज्य बैंकहरूको औसत नाफा घट्न शुरू गरेको थियो । त्यो क्रमले चालू आवको दोस्रो त्रैमासमा पनि निरन्तरता पाएको छ । यद्यपि, घट्ने दर भने कम हुँदै गएको छ । चालू आवको » पूरा पढ्नुहोस्

उद्योगी व्यवसायीलाई व्यावसायिक निरन्तरता कर्जा प्रवाह गर्न अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । कार्यविधि जारी भएपछि पनि कर्जा प्रवाह नभइरहेको अवस्थामा बुधबार अर्थ मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समिति बैठकले बैंक तथा वित्तीय संस्थामा व्यवसाय निरन्तरता कर्जाका लागि प्राप्त निवेदनमध्ये यसै साता कर्जा प्रवाहको प्रारम्भ गर्ने निर्णय गरेको » पूरा पढ्नुहोस्

लू आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले वृद्धि भई ३३७ अर्ब ७२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २ दशमलव ८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस