काठमाडौं । आन्तरिक उडानमा रहेका सातवटा नेपाली वायुसेवा कम्पनीले हवाई इन्धनको मूल्य बढेको कारण देखाउँदै एक महिनामा तीन पटक भाडा बढाएका छन् । हेलिकप्टर र वायुसेवा कम्पनी गरी १८ वटा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले शनिबारदेखि लागू हुने गरी हवाई भाडाअन्तर्गत फ्युल चार्जमा ९० रुपैयाँसम्म वृद्धि गरेको छ । आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ » पूरा पढ्नुहोस्

भारतले अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी कार्यविधि ल्याएपछि नेपालले पनि सोहीसम्बन्धी मार्गदर्शन बनाउने प्रक्रिया अगाडि बढाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले फागुन १४ गते (फेबु्रअरी २६ तारीख) मा उक्त कार्यविधि जारी गर्दै नेपालबाट विद्युत् खरीद गर्ने व्यवस्था गरेको थियो । त्यसपछि नेपालले भारतसहित अन्तरराष्ट्रिय बजारमा विक्री गर्ने बजार सुनिश्चित गर्न क्रश बोर्डर विद्युत् व्यापारसम्बन्धी मार्गदर्शन बनाउने » पूरा पढ्नुहोस्

जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ । रेल सञ्चालनसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेका कारण अगाडि बढ्न समस्या परिरहेको छ । कानुन अभावकै कारण नेपाल र भारतबीच चल्ने अन्तरदेशीय रेल सेवा सञ्चालन आरम्भ हुने मिति अझै तय हुन सकेको छैन । भारतबाट दुई सेट रेल जनकपुर आएको छ महिना बितिसकेका छ । रेल अहिले जनकपुरको इनर्वा स्टेसनमा » पूरा पढ्नुहोस्

स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधिअनुसार सडकको पहिचान गरी पठाउन स्थानीय तहलाई सार्वजनिक सूचना जारी गरेसँगै ३८० वटा स्थानीय तहले पक्की सडकले जोड्न सरकारसँग माग गरेका हुन् । पक्की सडक सञ्जालले » पूरा पढ्नुहोस्

सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका रूपमा आउने भएको छ । दोलखाको लामाबगरमा बनिरहेको राष्ट्रिय गौरवको यो आयोजना पूर्ण स्वदेशी लगानीमा तयार हुँदैछ । केही सामान्य कामबाहेकका सबै निर्माण सम्पन्न भएको यो आयोजनाको संवेदनशील संरचना तेर्सो पेनिस्टक पाइप ‘हाइ प्रेसर’मा परीक्षण सफल भइसकेको छ । » पूरा पढ्नुहोस्

एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको जनाउँदै खाने तेल उद्योगीले अस्वाभाविक मूल्यवृद्धि गरे । मूल्यवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर अनुसन्धान थाल्यो । प्रज्ञापनपत्र विश्लेषणका क्रममा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र केही प्रज्ञापनपत्रमा मूल्य घटे पनि यहाँ घटाइएको देखिएन । लागत मूल्य र एमआरपीबीचमै धेरै फरक देखिएपछि विभागले अन्नपूर्ण भेजिटेबल » पूरा पढ्नुहोस्

अब १० मेगावाटभन्दा कम क्षमता भएका जलविद्युत् आयोजनाले पनि विशेष पुनर्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार पुनर्कर्जा कार्यविधि २०७७ को पहिलो संशोधन गर्दै त्यस्ता जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जा दिने व्यवस्था गरेको हो । यसअघि जलविद्युत् आयोजनाहरूले विशेष पुनर्कर्जा पाउने व्यवस्था थिएन । राष्ट्र बैंकले अहिले आएर त्यस्ता आयोजनालाई रू। ५ करोडसम्म विशेष » पूरा पढ्नुहोस्

काठमाडौं । चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा बढी किसानले उखुखेती गर्न छाडेका छन् । नेपाल उखु उत्पादक संघका अनुसार नेपालमा अघिल्लो वर्ष व्यावसायिक उखुखेती गर्ने किसानको संख्या १ लाख थियो । उक्त संख्या » पूरा पढ्नुहोस्

ई–पेपर ad banner Apache RTR 200 ABS महिलालाई एक्लै विदेश जान कडाइ संविधानलाई तिलाञ्जली दिनेगरी महिलामाथि कडाइ गर्न खोजियो : अधिकारकर्मी facebook sharing buttontwitter sharing buttonsharethis sharing button २०७७ माघ, २९ समाचारNAauthor avatar अभियान संवाददाता काठमाडौं । भिजिट भिसामा महिला एक्लै विदेश जाँदा तस्करीमा परेको निष्कर्ष निकाल्दै सरकारले यसरी विदेश जान महिलालाई कडाइ गर्न खोजेको » पूरा पढ्नुहोस्

काठमाडौं । विकासको गति समयसँगै हुनुपर्ने हो। विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन। तर समयसँगै विकासका कामहरू अघि बढ्ने प्रयत्न हुँदै गएका छन्। नेपालका विभिन्न खण्डहरूमा नमुना विकासे कामहरू भइरहेका छन्। त्यसमध्ये रूपेन्देही जिल्लाको विकासे रूपान्तरण लोभलाग्दो छ। रूपन्देहीको मुख्य सहर बुटवल र भैरहवाका विभिन्न स्थानमा सञ्चालनमा आएका » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस