काठमाडौं । प्रतिनिधिसभा विघटन भई मुलुक राजनीतिक द्वन्द्वमा फस्न लागेको अवस्थामा अर्थतन्त्रमा गम्भीर असर पर्ने आकलन गर्दै व्यवसायीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । संसद् विघटन भएको तेस्रो दिन निजीक्षेत्रले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै राजनीतिक दलहरूलाई संयमतापूर्वक निर्णय लिन आग्रहसमेत गरेका छन् । राजनीतिक अस्थिरताले उद्योग व्यवसायमा असर पर्ने भन्दै मुलुकमा विकसित पछिल्लो राजनीतिक » पूरा पढ्नुहोस्

काठमाडौं । बन्दाबन्दी तथा निषेधाज्ञा र त्यसपछिको समयमा डिजिटल कारोबार क्रमशः बढ्दै गएकोमा कात्तिक महीनामा भने यसको संख्या घटेको छ । गत चैत ११ गतेदेखि असारसम्म कोभिडको उच्च सतर्कता अपनाएका बेला र यसपछि बजार पूर्णरूपमा खुला नभएका कारण अधिकांश ग्राहकले नगदभन्दा डिजिटल भुक्तानीलाई प्राथमिकता दिए । बन्दाबन्दी हटाउँदै जाँदा अर्थतन्त्र चलायमान हुने क्रममा रहे पनि » पूरा पढ्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सरकारको संसद विघटन गर्ने प्रस्ताव अनुमोदन गरी २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोक्नु भएको छ ।

काठमाडौँ । सरकारले संसद विघटनको प्रस्ताव सिफारिस गरेको छ । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।

  काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्रप्रसाद ढकालले ५२२ र  किशोर प्रधानले ३७५ मत प्राप्त गरेका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा  ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याएका थिए । ५० प्रतिशत मत भार रहेको » पूरा पढ्नुहोस्

दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको म्याग्दी खण्डको तारमुनि पर्ने घर–जग्गाको क्षतिपूर्ति वितरण शुरु भएको छ । कालीगण्डकी कोरीडोर प्रसारण लाइन आयोजनाले म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको आठ वटा वडामा ४९५ कित्ता जग्गा र १९ वटा संरचनाका धनीलाई रु १० करोड पाँच लाख क्षतिपूर्ति बाड्न लागेको जनाएको छ । आयोजना प्रमुख चन्दनकुमार घोषले » पूरा पढ्नुहोस्

काठमाडौं । विदेशी मदिरा आयातमा सरकारले साढे पाँच महीनादेखि लगाएको बन्देज कायमै रहेकाले विदेशी मदिरा वितरकहरूको स्टक सकिँदै गएको छ । विलासिताका वस्तुको आयात घटाउने रणनीतिअन्तर्गत सरकारले चैतको दोस्रो सातादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो । नेपालमा वार्षिक अर्बौंको विदेशी मदिरा आयात हुने गरेकोमा पछिल्लो प्रतिबन्धले बजारमा विदेशी मदिराको स्टक कम हुँदै गएको र » पूरा पढ्नुहोस्

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् । आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेश गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन » पूरा पढ्नुहोस्

एजेन्सी । मन्त्रिपरिषद्को बैठकका क्रममा बिरामी भएका आइभरिकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ । मन्त्रिपरिषद बैठकका क्रममा अस्वस्थ भए लगत्तै उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ । ६१ वर्षका उनलाई पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बनाउने घोषणा गरेको थियो । सन् २०१२ मा उनको मुटु प्रत्यारोपण गरिएको थियो ।

नेपाली काँगे्रसका नेता डा. मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । डा रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस